तीनकुनेमा वृद्धालाई ठक्कर दिएर भागेको टिप्पर क्षेत्रपाटीबाट नियन्त्रणमा
काठमाडौँ । काठमाडौँको तीनकुनेमा एक वृद्धालाई ठक्कर दिएर भागेको टिप्पर क्षेत्रपाटीमा फेला परेको छ ।
शनिबार राति नाम नखुलेकी वृद्धालाई ठक्कर दिएर भागेको बा ३ क १७४२ नम्बरको टिप्परलाई क्षेत्रपाटीबाट नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
टिप्परको ठक्करबाट ती वृद्धाको ज्यान गएको थियो ।
ज्यान जाने वृद्धाको पहिचान र फरार टिप्पर चालको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment