डीआईजी सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस
काठमाडौं। गृह मन्त्रालयले नेपाल प्रहरीकी प्रहरी नायब महानिरीक्षक (डीआईजी) डा. आशा सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ। प्रहरी अस्पतालमा रहेकी स्त्री रोग विशषेज्ञ डा. सिंहलाई नेपाल प्रहरीमा रिक्त रहेको प्राविधिक एआईजीमा बढुवा गर्न सिफारिस गरिएको गृह स्रोतले जानकारी दिएको छ।
गृहमन्त्रालयका सचिब प्रेमुकमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयका सचिब सदस्य रहेको बढुवा समितिको सोमबार बसेको बैठकले सिंहलाई एआईजी बढुवा गर्न सिफारिस गरेको स्रोतले बतायो।
डीआईजी सिंहसँगै लागि डीआईजी मिनराज पाठक र डा. सुमनराज श्रेष्ठ प्रतिष्पर्धामा थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment