बागलुङको कोप्चेमा जीप दुर्घटना, १४ जनाको मृत्यु

डिसी नेपाल
१७ मंसिर २०७६ ११:३०

काठमाडौँ । बागलुङको बडीगाड गाउँपालिका–७ भिमगिठे घोपर्नामा जीप दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ।

गुल्मीको ईस्माबाट बागलुङको बुर्तिवाङ जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप मंगलबार बिहान ९:४५ बजे बडीगाड खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) झविन्द भट्टराईले जानकारी दिए।

दुर्घटनामा ९ जना महिला ४ पुरुष एक बालक गरी १४ जनाको ज्यान गएको हो । उक्त दुर्घटनामा परी अन्य एक जना बालक बेपत्ता भएका छन् भने ३ जनाको उद्धार गरी उपचारर्थ बुर्तिवाङ पठाईएको प्रनाउ भट्टराईले बताए। ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.