५५ केजी गाँजासहित चारजना पक्राउ
सांकेतिक तस्वीर-
मकवानपुर । ५५ केजी गाँजासहित चार जना पक्राउ परेका छन् । तीन भारतीय र एक नेपालीलाई शनिबार मकवानपुरबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
करिब २० केजी गाँजासहित मकवानपुरको राक्सीसाङ गाउँपालिका–५ का राजकुमार मोक्तान र ३५ केजी लागुपदार्थसहित भारत मोतीहारीका दिलीपकुमार सिंहसहित अन्य दुई जनालाई शनिबार हेटौँडाको रातमाटेबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका भारतीयले आफ्नै देशमा दर्ता भएको निजी कार र अभियुक्त मोक्तानले मालबाहक ट्रक गाँजा तस्करीमा प्रयोग गरेको बताउँदै त्यससम्बन्धमा आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment