हत्या र लुटपाटमा संलग्न दुर्गाबहादुर पक्राउ

डिसी नेपाल
१९ पुष २०७६ २१:१०

काठमाडौं । धादिङ जिल्लाको उत्तरी भेगमा हत्या, डकैती र लुटपाट मच्चाई सर्वसाधारणलाई त्रासमा पार्दै आएका साइला भनिने दुर्गाबहादुर तामाङ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को विशेष टोलीले उनलाई कास्कीको पोखराबाट पक्राउ गरेको हो ।

पहिचान बदलेर बसिरहेका अवस्थामा सिआइबीको टोलीले शुक्रबार पक्राउ गरेका उनलाई आवश्यक कानूनी कारवाहीका लागि शनिबार जिल्ला प्रहरी कार्यालय धदिङमा बुझाइएको सिआइबीका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए ।

उनी व्यक्ति हत्यामा दोषी प्रमाणित भई फरार हुँदै आएका व्यक्ति हुन् । विसं २०६७ मा धादिङको दार्खामा धारिलो हतियारले हानेर शिव थापालाई मारेको घटनामा अदालतबाट दोषी करार भई पाँच वर्ष सजाय तोकिएको थियो ।

त्यसपछि फरार हुँदै आएका उनले २०६९ सालमा पनि दार्खाको रातमाटेमा भीषण सिंखडालाई धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ । विसं २०७६ मा पनि उनीसहित पूर्ण, वविन र मनोज तामाङको मिलेमतोमा धादिङ खनियाबासमा स्थानीयवासी कैलाश दीक्षितलाई खुकुुरी देखाई ज्यान मार्ने धम्की दिएर रु छ लाख १० हजार लुटेको प्रहरीको अभिलेखमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.