एमएम कपः सशस्त्रविरुद्धको खेलमा त्रिभुवन आर्मीले टस जितेर ब्याटिङ रोज्यो

डिसी नेपाल
२० पुष २०७६ १०:५६

इनरुवा । इनरुवामा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्र्तगत आज त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी क्लब नेपाल बिचको खेलमा त्रिभुवन आर्मी क्लबले टस जितेर ब्याटिङ गर्ने निणय गरेको छ ।

त्रिभुवन आर्मी क्लबका लागी सुरुवाती ११मा कप्तान बिनोद भण्डारी, रोहित कुमार पौडेल, भिम सार्की, कुशल मल्ल, राजेश पुलामी मगर, बिक्रम सोब, राजु रिजाल, सुसान भारी, हरि बहादुर चौहान, शाहब आलम र अनिल कुमार मण्डल रहेका छन ।

सशस्त्र प्रहरी क्लब नेपालको सुरुवाती ११मा कप्तान बसन्त रेग्मी, शंकर राना, मोहम्द आसिफ शेख, प्रिथु बास्कोटा, अमर सिंह रौटेला, कमल सिंह एरी, समित मर्हजन, सूर्य तमाङ, अबिनाश बोहोरा र सदिप जोरा रहेका छन ।

ग्रुप ए को आज पहिलो खेलमा निर्धारित ५० ओभरको खेल खराब मौसमको कारण ४७ ओभरमा छोटयाईएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.