एमएम कपमा कुशल मल्लले गरे छक्काको वर्षा, ५३ बलमै शतक

डिसी नेपाल
२० पुष २०७६ १२:२७

इनरुवा । इनरुवामा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिबसीय क्रिकेट प्रतियोगिता अन्र्तगत आज भएको खेलमा त्रिभुवन आर्मी क्लबका कुशल मल्लले शतक प्रहार गरेका छन् । चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ५३ बलमा ५ चौका र १२ छक्काको मद्दतले शतक प्रहार गरेका हुन ।

इनरुवा क्रिकेट मैदानमा आज भएको खेलमा त्रिभुवन आर्मी क्लबले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । त्रिभुवन आर्मी क्लबका ओपनर राजु रिजाल ९ रनको ब्यत्तिगत स्कोरमा सुर्य तामाङको बलमा विकेट किपर मोहम्द आसिफ शेखको हातबाट क्याच आउट हुन पुगे ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका हरि चौहान बसन्त रेग्मीको बलमा शंकर रानाको हातबाट सुन्य रनमा क्याच आउट हुन पुगे । त्यस्तै अर्का ओपनर अनिल मण्डल ८८ बलका ४१ रन बनाउदै अमर सिंह रौटेलाको बलमा कमल सिंह ऐरीको हातबाट क्याच आउट हुन पुगे ।
यो समाचार तयार पार्दा सम्म त्रिभुवन आर्मी क्लबको स्कोर ३२ ओभरमा ३ विकेटको क्षतिमा १८३ रन रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.