किर्तिपुरमा हुने एकदिवसीय सिरिजको तालिका सार्वजनिक, नेपालको पहिलो खेल ओमानसँग
काठमाडौं। आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच हुने त्रिदेशीय एकदिवसीय सिरिजको तालिका सार्वजनिक भएको छ । तालिकाअनुसार नेपालको पहिलो खेल आगामी माघ २२ मा ओमानसँग हुनेछ ।
पहिलो खेलमा २२ गते बुधबार नेपालले ओमानसँग खेल्नेछ । दोस्रो खेलमा २३ गते बिहीबार अमेरिका र ओमान खेल्नेछन् । २४ गते कुनै खेल छैन । २५ गते शनिबार नेपालले अमेरिकासँग खेल्नेछ । नेपालले २६ गते आइतबार फेरि ओमानसँग खेल्नेछ । २७ गते कुनै खेल छेन । २८ गते ओमान र अमेरिका खेल्नेछन् । अन्तिम दिन २९ गते नेपाल र अमेरिका खेल्नेछन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment