बार्सिलोना बराबरीमा रोकिँदा रियल मड्रिडको जीत, शीर्षमा पुग्न भने सकेन

डिसी नेपाल
२० पुष २०७६ १४:५६

काठमाडौँ । स्पेनिस ला लिगामा रियल मड्रिडले महत्वपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल मड्रिडले गेटाफेमाथि ३-० गोल अन्तरको जित हासिल गरेको हो । रियलको जितमा राफेल भरानले दुई गोल गरेका थिए भने एक गोल लुका मोड्रीचले गरेका थिए ।

यो जितपछि रियल मड्रिडले बार्सिलोनासँग अंक तालिकामा फेरि बराबरी गरेको छ । गएराती नै भएको खेलमा बार्सिलोना बराबरीमा रोकिएपछि फेरि दुवैको बराबर ४० अंक भएको छ । गोल अन्तरको आधारमा बार्सिलोना शीर्ष स्थानमा छ भने रियल दोस्रो स्थानमा रहेको छ । त्यस्तै गेटाफेको भने १९ खेलमा ३० अंक रहेको छ र लिगको सातौ स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.