म्यानचेस्टर युनाइटेड र वुल्भ्सले ‘रिप्ले’ खेल खेल्ने

डिसी नेपाल
२० पुष २०७६ १७:०७

एजेन्सी । म्यानचेस्टर युनाइटेडले एफए कप फुटबलको तेस्रो चरणमा वुल्भ्ससँग बराबरी खेलेको छ ।

वुल्भ्सको मैदानमा शनिबार राति युनाइटेडले घरेलु टिमसँग गोलरहित बराबरी खेलेको हो । यो बराबरीसँगै चौंथो चरण प्रवेशका लागि दुवै टोलीले पुनः खेल्नु पर्ने भएको छ ।

एफए कपको नियम अनुसार खेल बराबरीमा सकिए दुई टोलीबीच रिप्ले खेल हुनेछ । प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पाएको मौकाको सदुपयोग गर्न नसक्दा बराबरी खेलेका हुन् ।

अब दुई टोलीबीचको रिप्ले खेल युनाइटेडको मैदानमा हुनेछ । खेलको मिति तय भएको छैन । लेष्टर सिटी भने एफए कपको चौंथो चरणमा प्रवेश गरेको छ ।

विगन एट्लेटिकलाई २–० गोल अन्तरले पराजित गर्दै लेष्टर चौंथो चरणमा प्रवेश गरेको हो । साउथह्याम्पटन पनि हडर्सफिल्ड टाउनलाई २-० ले हराएर चौंथो चरणमा प्रवेश गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.