एमएम कपः कुशल मल्लको विस्फोटक ब्याटिङ, एपिएफ १०८ रनले पराजित

डिसी नेपाल
२० पुष २०७६ १७:१७

ईनरुवा । ईनरुवामा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिबसीय क्रिकेट प्रतियोगिता अन्र्तगत आईतबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी क्लबलाई १०८ रनले पराजित गरेको छ । ईनरुवा क्रिकेट मैदानमा खराब मौसमको कारण ४६ ओभरमा झारिएकोे खेलमा त्रिभुवन आर्मी क्लबले टस जितेर ब्याटिङ गर्दै ४६ ओभरको समाप्तीमा सबै विकेट गुमाउदै २८१ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा २८२ रनको लक्ष्य लिएर मैदानमा आएको सशस्त्र प्रहरी क्लब नेपालका खेलाडीहरु १७३ रनमा अलआउट भएको थिए । एपिएफले ओपनर मोहम्द आसिफ शेख लाई सुन्य रनमा गमाउदा अर्का ओपनर शंकर राना ३२ रन बनाएर आउट भए । त्यस्तै प्रदिप सिंह ऐरी २१, सुमित मर्हजन २३, सन्दिप जोरा २३, बसन्त रेग्मी १७, कमल सिंह एरि १, पृथु बास्कोटा ३६ र अबिनाश बोहराले अबिजित ६ रन बनाए ।

बलिङमा त्रिभुवन आर्मी क्लबका शाहब आलमले ९ ओभरमा १ मेडन सहित ३१ रन दिएर ४ विकेट लिए । त्यस्तै कुशल मल्ल २, बिक्रम सोब, सुसान भारी र भिम सार्किले समान १–१ विकेट लिएका थिए ।

टस जितेर ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले सबै विकेट गुमाउदै २८१ रन बनाएको थियो । त्रिभुवन आर्मी क्लबका लागि चौथो नम्बरमा ब्याटिङ्ग गर्न आएका कुशल मल्लले बिस्फोटक ब्याटिङ्ग गर्दै ६३ बलमा ५ चौका र १३ छक्काको मद्दतले १११ रनको सतकिय पारी खेलेका थिए ।

बलिङ्गमा सशस्त्र प्रहरी क्लब नेपालका कप्तान बसन्त रेग्मीले १० ओभरमा १ मेडन सहित ५४ रन दिएर ४ विकेट, अमर सिंह रौटेला २, प्रदिप ऐरी, सूर्य तमाङ र अबिनाश बोहराले समान १–१ विकेट लिएका थिए । पुष १७ देखि माघ ४ गतेसम्म चल्ने प्रतियोगितामा सोमबारको खेल अयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टर ईनरवा र एपिएफ बिच हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.