प्रहरीद्वारा चरेशसहित एक पक्राउ
सांकेतीक फाेटाे-
काठमाडौं । नेपाल प्रहरीले नागढुङ्गाबाट चरेशसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–००५ ख ९५७३ नम्बरको यात्रुबाहक बसमा अवैधरुपमा चरेश ल्याउँदै गरेको अवस्थामा पर्सा छिपरमाई गाउँपालिका–६ का ३४ वर्षीय शम्भु साहलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।
महानगरीय प्रहरीवृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले झोलामा लुकाएर ल्याएको अवस्थामा ५ सय ग्राम चरेशसहित साहलाई पक्राउ गरेको जानकारी दिए । पक्राउ परेका साहलाई लागुऔषध (नियन्त्रण ऐन) २०३३ अनुसार कारवाही गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment