एमएम कपः एमएमसीले टस जितेर ब्याटिङ गर्दै

डिसी नेपाल
२२ पुष २०७६ १०:३५

इनरुवा । इनरुवामा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिबसीय क्रिकेट प्रतियोगिता अन्र्तगत एमएमसी र त्रिभुवन आर्मी क्लब बिच आज हुने खेलमा आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टर (एमएमसी) ईनरुवाले टस जितेर ब्याटिङ गर्ने निणय गरेको छ ।

आजको खेलमा त्रिभुवन आर्मी क्लबको सुरुवाती ११मा कप्तान बिनोद भण्डारी, रोहित कुमार पौडेल, भिम सार्की, कुसल मल्ल, राजेश पुलामी मगर, शुसान भारी, हरि कृष्ण झा, हरि बाहादुर चौहान, शाहब आलम, जितेन्द मुखिया र अनिल कुमार मण्डल रहेका छन ।

एमएमसीको सुरुवाती ११मा कप्तान सरोज बस्नेत, सोनु मण्डल, बिवेक मेहता, राकेश सोनी, आयुश ओडारी, रबि रोय, भुपाल लुईटेल, सुशान्त तिम्लसीना, अल्फाज मन्सुरी, रुपेश श्रीबास्तव र रेवती रमन यादब रहेका छन ।

हिजो भएको खेलमा आयोजक एमएमसी एपिएफ क्लब संग ८३ रनले पराजीत भएको कारणले सेमिफाईनलमा पुग्न आजको खेल जित्नैपर्ने दबाब छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.