एमएम कपः सुशान्त भारीको घातक बलिङको सहयोगमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा

डिसी नेपाल
२२ पुष २०७६ ११:५०

इनरुवा । इनरुवामा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्र्तगत एमएमसी र त्रिभुवन आर्मी क्लब बिच आज भएको खेलमा आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टर (एमएमसी) लाई १० विकेटले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रबेश गरेको छ ।

आज बिहान सुरु भएको खेलमा एमएमसीले टस जितेर ब्याटिङ गर्दै त्रिभुवन आर्मी क्लबलाई सामान्य ५७ रनको लक्ष्य दिएको थियो । इनरुवा क्रिकेट मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबको बलरहरुको सामु एमएमसीका खेलाडीहरुले खुलेर खेल्न सकेनन । आर्मीका मुख्य बलर सुशान्त भारी एक्लैले उल्लेखनीय प्रदशन गर्दै ८ ओभरमा ३ बलमा ३ मेडन सहित १६ रन दिएर ७ विकेट लिन सफल भए ।

त्यस्तै हरिबहादुर चौहानले ५ ओभरमा २८ रन २ दिएर विकेट र शाहब आलमले २ ओभर २ मेडन सहित १ विकेट लिएका थिए । जवाफी ब्याटिङमा मैदानमा आएको आर्मीका ब्याट्सम्यानहरु कुशल मल्लले १९ बलमा ५ चौका र २ छक्काको मद्दतले ३५ रन र हरि शंकर झाले ११ बलमा २ चौका र १ छक्काको मद्दतले २० रन बनाएर टिमलाई जित दिलाएका थिए ।

ब्याटिङमा एमएमसीका खेलाडी सुशान्त तिम्लसीनाले १५ रन, सोनु मण्डल १३ रन, बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहरो अंक छुन सकेनन् । आजको जीतसंगै समूह ए को विजेता बन्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.