डब्लुटीए टुरमा सेरेनाको विजयी सुरुवात

डिसी नेपाल
२२ पुष २०७६ १७:२१

एजेन्सी । अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले डब्लुटीए टुरमा विजयी सुरुवात गरेकी छिन् । अकल्याण्डमा मंगलबार इटालीकी क्यामिला गिओर्गी सोझो सेटमा पराजित गर्दै सेरेनाले विजयी सुरुवात गरेकी हुन् ।

३८ वर्षे सेरेनाले गिओर्गीलाई ६–३ र ६–२ को सेटमा पराजित गरिन् । पूर्व विश्व नम्बर एक सेरेनाले युएस ओपन पछि पहिलो पटक डब्लुटीए टुरमा प्रतिस्पर्धा गरेकी हुन् ।

पूर्व विश्व नम्बर एक कारोलिना वोज्निकाईले न्युजिल्यान्डकी मेरी होउरिगनलाई ६–१ र ६–० को सेटमा पराजित गरिन् । यस्तै जापानी नोआमी ओसाकाले ग्रिसकी मारिया साकरीलाई ६–२, ६–७ (४–७) र ६–३ ले पराजित गरेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.