आयरल्याण्डमाथि वेस्टइन्डिजको कठिन जीत

डिसी नेपाल
२५ पुष २०७६ ८:१४

काठमाडौँ । वेस्टइन्डिजले जारी आयरल्याण्डविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा संघर्षपूर्ण जित हासिल गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा वेस्टइन्डिजले आयरल्याण्डलाई एक विकेटले पराजित गरेको हो ।

आयरल्याण्डले दिएको २३८ रनको लक्ष्य पछाएको वेस्टइन्डिजले ४९.५ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । वेस्टइन्डिजको जितमा निकोलस पुरनले सर्वाधिक ५२ रन बनाए भने हेडेन वाल्शले अविजित ४६ रन बनाएका थिए । त्यस्तै कप्तान केरोन पोलार्डले ४० तथा साइ होपले २५ रन बनाए ।

आयरल्याण्डका बलर सिमि सिंहले ३ विकेट लिए भने एन्डी म्याकब्रिन र बेरी म्याककार्थीले २-२ विकेट लिए । यस अघि आयरल्याण्डले टस जितेर पहिला जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाउदै २३७ रन बनाएको थियो ।

आयरल्याण्डका लागि पिटर स्टिरलिंगले सर्वाधिक ६३ रन बनाएका थिए भने सिमि सिंहले ३४, केविन ओब्रायनले ३१ तथा विलियम पोर्टरफिल्डले २९ रन बनाएका थिए । वेस्टइन्डिजका अल्जारी जोसेफले ४ विकेट लिए भने शेल्डन कोट्रेलले ३ विकेट लिए ।

यो जितसँगै वेस्टइन्डिजले ३ खेलको सिरिज २-० ले अगाडी हुदै सिरिज कब्जा गरेको छ । सिरिजको अन्तिम खेल जनवरी १२ मा हुदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.