आगलागी पीडितका लागि शेन वार्नले लिलाम गरे आफ्नो टोपी, पौने ८ करोडमा बिक्यो
क्यानबेरा। अस्ट्रेलियाका पूर्व स्पिनर शेन वार्नले अस्ट्रेलियाका आगलागी पीडितका लागि आफ्नो टेस्ट क्याप लिलाम गरेका छन् । आज भएको लिलामीमा उनको क्याप १ मिलियन अस्ट्रेलियन डलर (७ करोड ८२ लाख नेपाली रुपैयाँ)मा बिक्री भएको छ । यो पैसा उनले अस्ट्रेलियाको जंगलमा लागेको भीषण आगो प्रभावितलाई सहयोग गर्नेछन् । अहिले अस्ट्रेलियाको एक तिहाइ भूभाग आगलागी प्रभावित छ जसमा ३० जनाको मृत्यु भइसकेको छ ।
Thankyou so much to everyone that placed a bid & a huge Thankyou / congrats to the successful bidder – you have blown me away with your generosity and this was way beyond my expectations ! The money will go direct to the Red Cross bushfire appeal. Thankyou, Thankyou, Thankyou ❤️ pic.twitter.com/vyVcA7NfGs
— Shane Warne (@ShaneWarne) January 9, 2020
५० वर्षीय शेन वार्नले ट्वीट गर्दै लेखेका छन् ‘जसले यो लिलामीमा भाग लिनुभयो सबैलाई धन्यवाद ।’ वार्नको क्यापको लागि लिलामीको प्रक्रिया ६ जनवरीमा सुरु भएको थियो र १० जनवरीको दिन बिहानसम्म चल्यो । पहिलो दिन लिलामीमा मूल्यले ३ लाख डलर नाघेको थियो । अर्कोतर्फ अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले पनि आगो नियन्त्रणमा जुटेका फायर फाइटरहरुलाई सहयोग गर्ने घोषणा गरिन् । उनले यस वर्ष आफूले प्रतियोगितामा लगाएको ड्रेस लिलामी गर्नेछिन् ।
लिलामीको लागि वेबसाइटमा दिइएको जानकारी अनुसार शेन वार्नले आफ्नो टेस्ट करिअरमा खेलेका सबै १४५ खेलमा यही क्याप लगाएर खेलेका थिए । उनले पूरै करिअरमा ७०८ विकेट लिएका थिए । यो क्यापको लागि सर्वाधिक मूल्य दिने व्यक्तिलाई वार्नको अटोग्राफसहितको एक प्रमाण पत्र पनि दिइनेछ । यो क्याप कसले किने भन्ने खुलासा भइसकेको छैन ।







डिसी नेपाल








Facebook Comment