प्रेसिडेन्ट कप सिरिज: भारतीय खेलाडीलाई हराउँदै प्रिन्स फाइनलमा

डिसी नेपाल
२५ पुष २०७६ १७:३४

नेपालका प्रिन्स दाहाल यहाँ जारी ‘प्रथम प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेशनल ब्याडमिन्टन सिरिज’को फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा शुकबार भएको सेमिफाइनलमा यु १९ एकलतर्फ उहाँले भारतका अभिन वशिष्टलाई २–१ सेटमा हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । प्रिन्सले पहिलो सेट २१–१८ अङ्कले जितेका थिए। दोस्रो सेट उनले २०–२२ अङ्कले गुमाए । तेस्रो सेट २१–१७ अङ्कले आफ्नो पक्षमा पार्दै पिन्सले फाइनलमा स्थान बनाएका हुन्।

प्रिन्सले शनिबार उपाधिका लागि शनिबार भारतीय खेलाडी मिरावा लेवाङसित खेल्नेछन् । लेवाङले सेमिफाइनल खेलमा श्रीलङ्काका दुमिन्दु अवेविक्रमालाई २१–१२ र २१–८ अङ्कले हराउँदै उपाधिको दाबेदारी गरेका हुन् । यस्तै यु १९ महिला एकलतर्फ भारतकी मिर तस्मिन फाइनलमा प्रवेश गरेकी छन् । उनले नेपालकी निता लम्साललाई २१–९ र २१–९ अङ्कले पराजित गरेकी हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.