त्रिकोणात्मक सिरिजकाे बन्द प्रशिक्षणमा २४ खेलाडी छनोट, सुभाषको पुनरागमन
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरिका र ओमानसँगको सिरिजका लागि नेपालले बन्द प्रशिक्षणका लागि २४ सदस्सीय खेलाडी छनोट गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार बन्द प्रशिक्षणका लागि २४ खेलाडी बोलाएको हो । नेपालले शुक्रबारबाट काठमाडौंमा बन्द प्रशिक्षण सुरु गरेको छ । राजधानीमा केहि दिनको प्रशिक्षणपछि नेपाली टिमले पोखरामा प्रशिक्षण गर्ने छन् ।
विश्वकप लिग टु अन्तर्गत नेपालले माघ २२ देखि २९ गतेसम्म टियु क्रिकेट मैदानमा अमेरिका र ओमानसँग सिरिज खेल्ने छ ।
बन्द प्रशिक्षणमा बोलाईएको टिमः
- ज्ञानेन्द्र मल्ल
- दिपेन्द्र सिंह ऐरी
- आरीफ शेख
- अविनाश बोहरा
- विनोद भण्डारी
- करण के.सी.
- कुशल भुर्तेल
- ललित नारायण राजवंशी
- पारस खड्का
- पवन शर्राफ
- कमल सिंह ऐरी
- रोहित कुमार पौडेल
- सोमपाल कामी
- सन्दिप जोरा
- सुशन भारी
- शरद भेषवाकर
- सन्दीप लामिछाने
- सुभाष खकुरेल
- सुनिल धमला
- कुशल मल्ल
- बसन्त रेग्मी
- किशोर महतो
- लोकेश बम
- सुमित महर्जन
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment