चोटका कारण ह्यारी केन चार महिना मैदान बाहिर

डिसी नेपाल
२५ पुष २०७६ २२:५७

एजेन्सी । टोटेनहमका फरवार्ड ह्यारी केन करिब चार महिना मैदान बाहिर रहने भएका छन् । क्लबले ह्यामस्ट्रिङको चोटका कारण सल्यक्रिया गर्नुपर्ने भएकाले केन अप्रिलसम्म मैदान बाहिर रहने पुष्टि गरेको हो ।

२६ बर्षका केन नयाँ बर्षको दिन साउथह्याम्टनविरुद्व खेल्ने क्रममा चोट बोकेका थिए । ईङ्ल्याण्डका कप्तान समेत रहेका केन मैदान फर्कने कुनै निश्चित समय तोकिएको छैन । तर क्लबले उनलाई सल्यक्रिया आवश्यक रहेको भन्दै करिब चार महिना समय लाग्ने जनाएको छ ।

उनी अप्रिलमा ट्रेनिङमा फर्कनेछन् । उनी सन् २०२० को युरोकप सुरु हुनु दुई महिना अघि मात्र मैदान देखिनेछन् । ‘मेडिकल स्टाफको पछिल्लो एक साताको निरिक्षणपछि केनलाई सल्यक्रियाको आवश्यकता देखिएको छ ।’ क्लबले भनेको छ ।

केनले देश र क्लबका लागि यस सिजन ३१ खेलमा २७ गोल गरेका छन् । टोटेनहम प्रिमियर लिगको छैटौ स्थानमा छ । चौथो स्थानको चेल्सी भन्दा टोटेनहम ६ अंकले पछाडी छ ।

लिगसंगै केनले च्याम्पियन्स लिगको अन्तिम १६ मा जर्मन क्लब आरबी लिपजिगविरुद्वको खेल गुमाउनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.