ए डिभिजन लिगः मछिन्द्र शीर्ष स्थानमा, जावलाखेल पराजित

डिसी नेपाल
२६ पुष २०७६ १६:४०

काठमाडौं । मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।

मछिन्द्रको साँघुरो जितमा विशाल राईले निर्णायक गोल गरे । खेलको ३१ औं मिनेटमा विशालले गोल गर्दै मछिन्द्रलाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् । जावलाखेलविरुद्ध बल पोजिसनमा पकड जमाएपनि मछिन्द्रले थप गोल गर्न सकेन । मछिन्द्रले पाएको थप अवसरलाई गोलमा परिणत गर्न सकेन ।

जितसँगै मछिन्द्रले ६ खेलमा १३ अंक जोडेको छ । र, मछिन्द्रले अपराजित यात्रा कायम राखेको छ । जितपछि मछिन्द्र त्रिभुवन आर्मी क्लबलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।

मछिन्द्रसँग पराजित भएसँगै जावलाखेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । लिगमा जावलाखेलको यो पहिलो हार हो । जावलाखेलको ६ खेलमा ९ अंक रहेको छ । जावलाखेल पाँचौं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.