ज्लाटनको गोलमा एसी मिलानको सहज जित

डिसी नेपाल
२६ पुष २०७६ २१:५७

एजेन्सी । इटालियन सिरी ए फुटबलमा एसी मिलानले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा मिलानले काग्लियारीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

मिलानको जितमा राफाइल लीओ र ज्लाटन इब्राहिमोविचले एक एक गोल गरे। खेलको ४६ औं मिनेटमा राफाइलले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि खेलको ६४ औं मिनेटमा इब्राहिमोविचले गोल गर्दै मिलानलाई २–० को जित दिलाए । यसै सिजन क्लब फर्किएका इब्राहिमोविचको यो क्लबका लागि पहिलो गोल हो ।

जितसँगै मिलानले १९ खेलमा २५ अंक जोडेको छ । मिलान लिगको सातौं स्थानमा रहेको छ । २९ अंक जोडेको काग्लियारी छैटौं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.