सुमार्गी टी २० क्रिकेट : महाबीर क्रिकेट क्लब र कलैया क्रिकेट क्लब बिजयी
हेटौँडा । मकवानपुर क्रिकेट एसोसियन आयोजना र हेटौडा एकेडमी आवासिय माविको प्रायोजनामा भैईरहेको ‘छैठौ माधवराज सुमार्गी मेमोरियल टि २० क्रिकेट’ प्रतियोगिता अन्र्तगत शनिबार भएको उद्घाटन खेलमा महाबीर क्रिकेट क्लब मकवानपुर क्रिकेट एकेडमी बिरुद्ध १५ रनले विजयी भएको छ ।
शनिबार बिहान सुरु भएको खेलमा महाबीर क्रिकेट क्लबले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो । महाबीर क्रिकेट क्लबका लागी गौरब खड्काले ७ चौकाको मद्दतले ५४ बलमा सर्बाधिक ५० रनको अर्धसतकीय पारी खेलेका थिए । त्यस्तै अर्का ब्याट्सम्यान सूर्बण भट्टले २४ बलमा २३ रन बनाएका थिए ।
बलिङमा मकवानपुर क्रिकेट एकेडमीका लागी रिजन ढकालले ४ ओभरमा २९ रन दिएर सर्बाधिक ५ विकेट लिएका थिए ।
जवाफि ब्याटिङमा आएको मकवानपुर क्रिकेट एकेडमीले २० ओभरमा ७ विकेट गुमाउदै १२४ रन मात्रै बनायो । मकवानपुर क्रिकेट एकेडमीका लागी रबिन गुरुङले २६ बलमा ७ चौकाको मद्दतले ३३ रन, बिशाल फुयालले २६ बलमा ५ चौका र एक छक्काको मद्दतले २९ रन र सुमन सुनारले २३ बलमा १९ रन बनाएका थिए ।
बलिङमा महाबीर क्रिकेट क्लबका लागी अमित कूशवाहाले ४ ओभरमा २७ रन दिदै २ विकेट र सुर्वण भट्टले ४ ओभरमा १० रन दिएर ३ विकेट लिदै म्यान अफ दि म्याच भएका थिए ।
शनिबार नै भएको दोस्रो खेलमा खेलमा कलैया क्रिकेट क्लबले मकवानपुर क्रिकेट क्लबलाई ४० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कलैया क्रिकेट क्लबका लागी तिर्थ राज दाशले ३२ बलमा सर्वाधिक ४७ रन र ओम प्रकाश साहले ३२ बलमा ३७ रन बनाएका थिए ।
बलिङमा मकवानपुर क्रिकेट क्लबमा लागी नितेश बज्राचार्यले २, अजय शर्माले र गौरब क्षेत्रीले समान १–१ विकेट लिएका थिए ।
जवाफि ब्याटिङमा मकवानपुर क्रिकेट क्लबले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन मात्रै बनाउन सक्यो । मकवानपुर क्रिकेट क्लबका लागी मणिराज पौडेलले २८ बलमा ५ चौकाको मद्दतले सर्बाधिक २८ रन र धनन्जय साहले १३ बलमा ५ चौकाको मद्दतले २७ रन बनाएका थिए ।
बलिङमा कलैया क्रिकेट क्लबका लागी रबि साहले २ विकेट र भुवन सहनीले किफायती बलिङ गर्दै ४ ओभरमा ९ रन दिएर ३ विकेट लिदै म्यान अफ दि म्याच चुनिएका थिए ।
प्रतियोगिता अन्र्तगत आईतबार हुने खेलमा मकवानपुर क्रिकेट एकेडमी बिरुद्ध कलैया क्रिकेट क्लब र मकवानपुर क्रिकेट क्लब बिरुद्ध मकवानपुर क्रिकेट एकेडमी भिडनेछ । प्रतियोगीताको बिजेताले नगद रु ४० हजार तथा उपबिजेताले नगद रु २० हजार प्राप्त गर्नेछन ।
प्रतियोगितामा मकवानपुर क्रिकेट क्लब, महाबीर क्रिकेट क्लब, कलैया क्रिकेट क्लब (बारा), युनाईटड क्रिकेट क्लब (पर्सा), नुवाकोट क्रिकेट क्लब (नुवाकोट), चितवन क्रिकेट क्लब (चितवन), नेक्सस क्रिकेट एकेडमी (काठमान्डौ) र आयोजक मकवानपुर क्रिकेट एकेडमीको सहित कुल ८ टिमको सहभागीता रहको छ ।







डिसी नेपाल








Facebook Comment