चेल्सी विजयी

डिसी नेपाल
२६ पुष २०७६ २३:२६

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले बर्नलीलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा खेलको २७ औं मिनेटमा जोर्गीन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३८ औं मिनेटमा टामी अब्राहमले गोल गर्दै चेल्सीलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ४९ औं मिनेटमा कलुम हड्सन ओडीले गोल गर्दै चेल्सीलाई ३–० को सहज जित दिलाए ।

जितसँगै चेल्सीले २२ खेलमा ३९ अंक जोडेको छ । चेल्सी लिगको चौंथो स्थानमा यथावत रहेको छ । बर्नली २४ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत दोस्रो स्थानको लेष्टर सिटी भने साउथह्याम्पटनसँग २–१ गोल अन्तरले पराजित भएको छ । यस्तै एभर्टनले ब्राइटनलाई १–० ले हराएको छ । वुल्भ्स र न्युकासलले भने १–१ गोलको बराबरी खेल्दै अंक बाडेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.