स्टार्सका स्टोइनिसले छक्का र चौका बर्साउँदै तोडे कैयौं रेकर्ड, सिक्सर्सलाई २२० को लक्ष्य

डिसी नेपाल
२७ पुष २०७६ १५:३९

काठमाडौं। जारी बिग बाश लिगको आजको खेलमा नेपाली खेलाडी सन्दिप लामिछाने आबद्ध मेलबर्न स्टार्सका ओपनिङ ब्याट्सम्यानहरुले तुफानी ब्याटिङ गर्दै कैयौं रेकर्ड ध्वस्त पारेका छन् । ओपनर मार्कुस स्टोइनिस र हिल्टन कार्टराइटको तुफानी ब्याटिङसँगै मेलबर्न स्टार्सले सिड्नी क्सिर्सलाई २२० रनको लक्ष्य दिएको छ ।

यी दुई ओपनरले सुरुदेखि १९ ओभरसम्म आउट नभइ खेले । यस क्रममा उनीहरुले २०७ रन बनाए । यो बिग बाश लिग इतिहासकै सबैभन्दा ठूलो पार्टनरशिप हो । यस्तै स्टोइनिसले पूरै २० ओभर खेल्दै ७९ बलमा नटआउट १४७ रन बनाए । यो बिग बाश लिग इतिहासकै सर्वाधिक व्यक्तिगत स्कोर हो ।

यस क्रममा स्टोइनिसले १३ वटा चौका र ८ वटा छक्का प्रहार गरेका थिए । स्टोइनिसले सय रन त चौका र छक्काबाट मात्र बनाए । अन्तिम ओभरको पहिलो बलमा छक्का हान्ने क्रममा आउट भएका कार्टराइटले ४० बलमा ५९ रन बनाउने क्रममा ६ चौका र ३ छक्का प्रहार गरे । मात्रै २ बल खेलेका कप्तान ग्लेन म्याक्सवेलले ५ रन बनाए । सिक्सर्सका लागि एकमात्र विकेट टम कुर्रानले लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.