आज फेरि बढ्यो सुन
काठमाडौं । नेपाली बजारमा बुधाबार घटेको सुनको भाउ आज (बिहीबार) पुनः बढेको छ । बुधबार ३ सय रुपैयाँ घटेको भाउ आज २ सय रुपैयाँ बढेको हो ।
आज छापावाल सुन प्रतितोला ७५ हजार तथा तेजावी सुन ७४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुन प्रतितोला ७४ हजार ८ सय तथा तेजावी सुन ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ।
बुधबार चाँदी ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment