दुई कम्पनीको सेयर कारोबार रोक्का
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विहिबारबाट दुई कम्पनीको सेयर कारोबार रोक्का गरेको छ ।
मर्जर प्रक्रियामा रहेका सिर्जना फाइनान्स र महुली लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोकेको हो। सनराईज बैंकले श्रीजना फाइनान्सलाई खरिद गर्ने भएको छ।
यससम्बन्धी दुबै कम्पनीबिच बुधबार सम्झौता भएको थियो। यसैगरी महुली र नवकिरण लघुवित्त वित्तीय संस्था पनि एकआपसमा गाभिदै छन् । दुवै कम्पनीबिच मंगलबार यससम्बन्धी सम्झौता भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment