लगानी कोषलाई बैंक र वित्तीय संस्थाँग तुलना नगरौं : अर्थमन्त्री खतिवडा
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोषलाई बैंक तथा वित्तीय संस्थासँग तुलना नगर्न आग्रह गरेका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको सोमबारको बैठकमा मन्त्री खतिवडाले नागरिक लगानी कोष नाफा कमाउने उद्देश्य राखेपनि बैंकहरु जस्तो नाफा मुखि संस्था नभएकाले यसको पूँजी कम भएपनि फरक नपर्ने बताए । उनले ट्रष्टी संस्थाको रुपमा बचतकर्ताको योगदानलाई फाइदा दिने गरी कोषले काम गर्ने बताए ।
अर्थमन्त्री खतिवडाले सर्वसाधारणको समेत सहभागिता होस भन्ने उद्देश्यले २० प्रतिशत स्वामित्व सर्वसाधारणको राख्ने व्यवस्था गरिएको बताए । उनले कोषले पूँजी बजारमा लगानी गर्ने र मार्केट मेकरको रुपमा काम गर्ने भएकाले यसको प्रकृति बैंकहरुको जस्तो नभएको बताए ।
अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष सबैले सामाजिक सुरक्षाको काम गर्ने भएकाले पनि भविश्यमा यी संस्थालाई एकिकृत गर्न सकिने सम्भावना रहेको बताए ।







डिसी नेपाल








Facebook Comment