सभामुख सापकोटाले शपथ ग्रहण गर्दा, अर्जुन लामाकी श्रीमतीसहित ११ जना प्रहरीको नियन्त्रणमा

डिसी नेपाल
१३ माघ २०७६ १८:१६

काठमाडौं। नवनिर्वाचित सभामुख अग्नि सापकोटाले सोमबार बिहान शपथ ग्रहण गर्दा राष्ट्रपति भिवन शितल निवास बाहिर प्रदर्शनमा उत्रिएकालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले सापाकोटाको योजनामा हत्या गरिएको भनिएका कार्भेका अर्जुन लामाकी श्रीमती पूर्णिमा लामासहित ११ जना अधिकारकर्मीलाई नियन्त्रणमा लिएको हो।

अर्जुन हत्या प्रकरणमा सापकोटाविरुद्ध सर्वोच्चमा मुद्दा विचाराधीन छ। हत्या आरोपीलाई सभामुख नबाउन भन्दै अर्जुनकी श्रीमतीलगायत अधिकारकर्मीहरुले लगातार प्रदर्शन गर्दै आएका छन्। सोमबार राष्ट्रपति भवनमा उनको शपथ हुने भएपछि भवन बाहिर पूर्णिमा र अधिकारकर्मीले प्रदर्शन गरेका थिए।

अधिकारकर्मी चरण प्रसाईँले आफू, पूर्णिमालगायत ११ जना प्रहरीको नियन्त्रणमा परेको जानकारी दिए। उनले भने, ‘प्रहरीले हामीलाई नियन्त्रणमा लिएर दिनभरी महाराजगञ्ज वृत्तमा राख्यो, अहिले (पाँच बजेपछि) छोड्यो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.