आज बजारमा यस्तो छ सुनको भाउ
सांकेतिक तस्बिर
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार सुनको भाउ स्थिर रहेको छ ।
आज छापावाल सुन प्रतितोला ७६ हजार तथा तेजावी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।
आइतबार सुन तोलामा ३ सय तथा सोमबार ५ सय रुपैयाँ बढेको थियो ।
आज सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने घटेको छ । आज चाँदी प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार चाँदी प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment