भ्रमण वर्षमा हात्तीमाथि हुन सक्ने दुर्व्यवहार रोक्न सरकारलाई विज्ञहरुको आग्रह

डिसी नेपाल
१४ माघ २०७६ २०:३६

काठमाडौं । ‘भिजिट नेपाल २०२०’मा हात्तीमाथि हुन सक्ने दुर्व्यवहार रोक्न ५० अन्तर्राष्ट्रिय हात्ती विज्ञले नेपाल सरकारलाई आग्रह गरेका छन्। वन तथा वातावरणमन्त्रि शक्ति बहादुर बस्नेतलाई पत्र लेख्दै यस्तो आग्रह गरेका हुन ।

उनीहरुले भनेका छन्, ‘ नेपालले हात्तीको तस्करी, सवारी र खेल चलाएर आफ्नो प्रतिष्ठा जोखिममा पार्नु हुँदैन्।’ पत्रमा लेखिएको छ, ‘हामी नेपालको पुरानो परम्पराको सम्मान गर्दछौं, तर, हाम्रो विश्वास छ, पर्यटन उद्योगले अत्यन्त सामाजिक र बौद्धिक जनावर हात्तीको आवश्यकतालाई पूरा गर्न असफल भएको छ।’

नेपालमा हात्ती सफारीको विस्तारका बारे उनीहरु चिन्तित देखिएका छन्। धेरै जसो विश्वव्यापी ट्राभल एजेन्सीहरूले हात्ती सवारी र खेलहरूलाई आफ्नो यात्रा कार्यक्रमबाट हटाएका छन्।

सम्बन्धित विज्ञहरूले हात्तीहरूका राम्रो अवस्थाका लागि विश्वव्यापी आन्दोलनमा सम्मिलित हुन नेपाललाई अझै पनि ढिलो नभएको बताएका छन्। उनीहरुले २०२० अझै पनि जनावरहरूका लागि राम्रो वर्ष हुन सक्ने उल्लेख गरेका छन्।

 

उनिहरुको पत्र यस्तो रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.