आज घट्यो सुन
काठमाडौं । आज साताको चौँथो दिन बुधबार सुनको भाउ घटेको छ । आज सुन तोलामा ४ सय रुपैयाँ घटेको हो ।
आज छापावाल सुन प्रतितोला ७५ हजार ६ सय तथा तेजावी सुन ७५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला ७६ हजार तथा तेजावी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज सुनको भाउसँगै चाँदीका भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदी प्रतितोला ८ सय ९५ सय रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment