भ्रामक समाचारप्रति एलआईसी नेपालकाे आपत्ति

डिसी नेपाल
१५ माघ २०७६ १५:२९

काठमाडौं। एलआईसी नेपालले आफ्ना विषयमा केही सञ्चारमाध्यममा भ्रामक समाचार आएको भन्दै आपत्ति जनाएको छ। इन्स्योरेन्सले बुधबार एक विज्ञप्ति जारी गर्दै आफ्नो विषयमा केही सञ्चार माध्यममा भ्रामक समाचार प्रसारण भएको भन्दै खण्डन गरेको हो।

विज्ञप्तिमा एलआईसी इण्डिया र एलआईसी नेपालको बिषयमा गलत तथ्यको आधारमा नियतबश समाचार प्रकाशन गरी कम्पनीको मान मर्दन गरिएको प्रति कम्पनीको गम्भिर ध्यानकर्षण र यस्ता भ्रामक समाचारप्रति आफ्नो गम्भिर आपत्ति रहेको उल्लेख छ।

इन्स्योरेन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ–लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालको संस्थापना तत्कालीन कम्पनी ऐन, २०५३ अनुसार २०५७–०९–१२ मा भएको हो। जस अनुसार कम्पनी दर्ता नं. ७६५ (०५७–५८) रहेको छ। बीमा समितिबाट मिति २०५८–०४–२३ मा जीवन बीमा व्यवसाय संचालनको अनुमति प्राप्त गरी कम्पनीले मिति २०५८–०५–१६ देखि आफ्नो कार्य संचालन गरेको हो । एलआईसी नेपालमा भारतीय जीवन बीमा निगम (एल.आई.सी. अफ इन्डिया) को ५५∞, विशाल ग्रुपको २५∞ र सर्वसाधारण लगानीकर्ताहरुको २०∞ शेयर लगानी रहेको छ।’

विज्ञप्तिमा अगाडि भनिएको छ– एलआईसी नेपालमा भारतीय जीवन बीमा निगम (एल.आई.सी. अफ इन्डिया) को लगानी रहेता पनि यस कम्पनीले नेपालको प्रचलित ऐन तथा नियमनकारी निकायहरु (बीमा समिति, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रार कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि.) को निर्देशनहरुलाई पूर्णरुपले पालना गर्दै कार्य गरिरहेको छ । भारतीय जीवन बीमा निगम र एलआईसी नेपाल दुई भिन्न देशहरुको नियम कानून बमोजिम संचालित भैरहेका कम्पनीहरु हुन्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.