नेपाली उद्योगबाट क्षमताभन्दा आधा उत्पादन, वियरमात्र पूर्ण क्षमतामा
काठमाडौं। सरकारले उत्पादनमुलक उद्योगलाई प्राथमिकता दिने वताएपनि नेपाली उद्योगबाट कुल क्षमताको आधा मात्र उत्पादन गर्ने गरेको पाइएको छ।
श्रम, विद्युत, कच्चापदार्थ र उत्पादित सामानको बजारीकरणलगायतका समस्याले गर्दा उद्योगहरुले उत्पादन घटाउदै लगेका हुन्।
नेपाल राष्ट्र बैंकले ५७ वटा जिल्लाहरुमा गरेको स्थलगत सर्वेक्षण प्रतिवेदन अनुसार नेपाली उद्योगको कुल क्षमतामध्ये ५७.१ मा सीमित भएको जनाएको छ। अघिल्लो वर्ष उद्योगहरुले क्षमताको ५९.७ प्रतिशत उपयोग गरेकोमा एक वर्षमा अवधिमा उत्पादन २.६ प्रतिशतले घटेको हो।
राष्ट्र बैंकले काठमाडौं, विराटनगर, विरगन्ज, जनकपुर,पोखरा, भैरहवा, नेपालगन्ज र धनगढीलाई क्षेत्र बनाएर अध्ययन गरेको थियो।
अध्ययनमा वियर उद्योगहरु मात्र पूर्ण क्षमतामा संचालन भएको पाइएको छ। वियर उद्योगहरुले कुल क्षमताको ९९.७ प्रतिशत उपयोग गरेका छन्। यसैगरी सबैभन्दा कम भने टायर उद्योगको रहेको छ। टायर उद्योगले आफ्नो क्षमताको १५.८ प्रतिशतमात्र प्रयोग गर्दै आएका छन्।
केन्द्रीय बैंकले ३४ वटा प्रमख उद्योगको क्षमता र उत्पादन समेटेर अध्ययन गरेको थियो। जसमा ७ क्षेत्रका उद्योगले मात्र आफ्नो क्षमताको ७० प्रतिशत भन्दा बढि उपयोग गरेका छन्।
अध्ययन प्रतिवेदन अनुसार तोरीको तेल, भटमासको तेल, प्रशोधित दुध, गहुँको पिठो, चिनी, चकलेट, मदिरा, वियर, धागो, सिन्थेटिक कपडा, कागज, जुटका सामान, कागज, रोजिन, सिमेन्ट, फलामको रड लगायतको उत्पादन वृद्धि भएको छ।
त्यस्तै, बनस्पति ध्यु, खाने तेल, , पशुदाना, चाउचाउ, प्रशोधित चिया, हल्का पेय पदार्थ, चुरोट, गार्मेन्ट, प्रशोधित छाला, चिरेको काठ र पश्मिना लगायतको उत्पादन घटेको छ ।
क्षेत्रगत रुपमा काठमाडौं क्षेत्रमा विशेष गरी प्रशोधित दुध, पश्मिना, चाउचाउ, औषधिजन्य वस्तु र जुत्तालगायतका उत्पादन हुने गरेको छ।
यस्तै विराटनगर क्षेत्रमा वनस्पति घिउ तथा तेल, अन्य खाद्य पदार्थ, जुटका सामान, धातुका उपकरण, सिमेन्टलगायतको उत्पादन प्रमुख रहेको छ।
जनकपुर क्षेत्रमा मदिरा, कागज, सिमेन्ट उत्पादन हुने गरेको छ। वीरगञ्ज क्षेत्रमा वनस्पति घिउ तथा तेल, प्रशोधित दुध, पशुदाना, हल्का पेय पदार्थ, चुरोट, लत्ताकपडा, सिमेन्ट, प्रशोधित छाला, औषधी, फलामको छड तथा पत्ति, पोखरा क्षेत्रमा विस्कुट, चाउचाउ उत्पादन हुने गरेको छ।
त्यस्तै भैरहवा क्षेत्रमा गहुँको पिठो, वियर, औषधि, सिमेन्टस नेपालगञ्ज क्षेत्रमा तोरीको तेल, गहुँको पिठो, सिमेन्ट तथा धनगढी क्षेत्रमा गहुँको पिठो, चिरेको काठ, रोजिनलगायतका वस्तुको उत्पादन हुने गरेको छ।







डिसी नेपाल








Facebook Comment