ललितपुरको सानोगाउँमा एभरेष्ट बैंकको शाखा
काठमाडौं। एभरेष्ट बैंकले ललितपुरको सानोगाउँमा ९५औं नयाँ शाखा खोलेको छ।
महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्र कुमार नेगीले बुधबार संयुक्त रुपमा शाखाको उद्घाटन गरे। कार्यक्रममा बैंकका उच्च अधिकारीहरु लगायत विभिन्न प्रतिनिधिहरु र स्थानीयको उपस्थिति थियो।
बैंकले हाल ९५ शाखा, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२२ एटिएम काउन्टरबाट १० लाख भन्दा बढि ग्राहकलाई सेवा दिइरहेको छ।
बैंकले विश्वव्यापी सञ्जालमार्फत व्यावसायिक र कुशल बैकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ। सबै वर्गहरुलाई बैकिंङ सुविधा पुर्याउने उद्देश्यले देशका सबै क्षेत्रहरुमा शाखा स्थापना गर्न लागिरहेको बैंकले जानकारी दिएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment