रक्सी पिएर साथीको हत्या गरी फरार मियाँ पक्राउ
काठमाडौं । आफ्नै साथीको हत्या गरी फरार भएको भनिएका व्यक्ति बुधबार पक्राउ परेका छन् । उनलाई तीन वर्षपछि पक्राउ गरिएको हो । वीरगञ्ज महानगरपालिका १६ का ३५ वर्षीय फिरोज मियाँलाई हत्या आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बुधबार पक्राउ गरेको हो ।
उनीमाथि विसं २०७२ माघ २९ मा ललितपुर उपमहानगरपालिका–३ धोवीघाटस्थित निर्माणाधीन घर कुर्न बसेका ३० वर्षीय सुरेशकुमार साहलाई हत्या गरेको आरोप छ । मादक पदार्थ पिएपछि विवाद हुँदा मियाँले इँटा र रड प्रहार गरी हत्या गरेर फरार भएको ब्यूरोका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए । उनलाई काठमाडौँको कीर्तिपुर नगरपालिका–२ बाट ब्यूरोको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान र कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment