निर्भयाका दोषीहरुको फाँसी टर्यो, अदालतले दियो यस्तो जवाफ
नयाँ दिल्ली। निर्भयाका दोषीहरु फाँसीबाट फेरि बचेका छन् । उनीहरुलाई आज फाँसी दिने भनिएकोमा फाँसी टरेको छ । पटियाला हाउस अदालतले अर्को आदेश नहुँदासम्म फाँसीमा रोक लगाएको छ । हिजो भएको सुनुवाइको क्रममा अदालतले यस्तो आदेश दिएको हो ।
हिजोको सुनुवाइमा तिहाड जेल प्रशनसनले दोषीहरुमध्ये विनय शर्माको मात्र दया याचिका राष्ट्रपतिकहाँ लम्बित भएकोले बाँकी ३ दोषीहरु अक्षय ठाकुर, पवन गुप्ता र मुकेशलाई फाँसी दिन सकिने तर्क गरेको थियो । जवाफमा अदालतले कानुनी उपायमा जुटेका कुनै पनि दोषीमाथि आँखा चिम्लेर भेदभाव गर्न नसक्ने बताएको थियो । दिल्ली प्रिजन म्यानुअल अनुसार यदि एउटै अपराधमा दोषी ठहर भएका एकभन्दा धेरै दोषीहरुमध्ये कुनै एक दोषीसँग कानुनी विकल्प बाँकी छ र उसले त्यो विकल्प प्रयोग गर्न चाहन्छ भने त्यो विकल्पमा अन्तिम फैसला नहुँदासम्म अन्य दोषीलाई समेत फाँसी दिन मिल्दैन ।







डिसी नेपाल








Facebook Comment