चिनियाँ प्रधानमन्त्री र युरोपेली संघका अध्यक्षबीच टेलिफोन वार्ता

डिसी नेपाल
१८ माघ २०७६ २२:०५

बेइजिङ । चिनियाँ प्रधानमन्त्री ली ख छ्याङले युरोपेली संघका अध्यक्ष उर्सुला भोन डर लेयेनसँग टेलिफोन वार्ता गरेका छन् ।

प्रधानमन्त्री लीका अनुसार चीन सरकारले सधैं नै जनताको सुरक्षा तथा स्वास्थ्यलाई प्राथमिता दिँदै खुला तथा प्रभावकारीरूपमा कोरोना भाइरसको प्रतिरोध गरिरहेको विश्वास व्यक्त गरेका छन् ।

चीनका लागि अहिले सबैभन्दा महत्वपूर्ण काम भनेको महामारी संक्रमणको प्रतिरोध गर्दै बिरामीका लागि राम्रो उपचार गर्नु रहेकोे प्रतिक्रियामा प्रधानमन्त्री खछ्याङले बताएको प्रधानमन्त्रीको कार्यालय स्रोतले जनाएको छ ।

उनले भने, “चीन सरकार र चिनियाँहरुले उक्त महामारीलाई पराजित गर्ने विश्वास,अठोट र क्षमता लिएका छन् ।” चीनले सकेसम्म महामारीको प्रतिरोध गरिरहेका चिकित्सकका लागि सबै आवश्यक चिकित्सा सामग्री बन्दोवस्त गरिहरेको छ ।

साथै युरोपेली संघका सदस्य मुलुकबाट चिकित्सा सामग्रीको खरिद गर्न युरोपेली संघले आवश्यक सुविधा प्रदान गर्नसक्ने आशा चीनले गरेको छ । युरोपेली संघले चीनद्वारा यस महामारीको प्रतिरोधका लागि लागू गरिएको कदमको सम्मान गर्दै सक्दो प्रयासमा चीनलाई सहायता प्रदान गर्ने अध्यक्ष उर्सुलाले बताईन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.