बसको ठक्करबाट स्कुटर चालक आमाको मृत्यु, छोरी घाइते

डिसी नेपाल
१८ माघ २०७६ २२:१६

काठमाडौं। काठमाडौँको नागार्जुन नगरपालिका–१ रानीवनमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

नागार्जुन नगरपालिका–१ स्थित सडकमा शुक्रबार साँझ बा१ख ६६४५ नंको बसले बा ८५ प १४९३ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धादिङकी ४८ वर्षीय लीला घलेको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा स्कुटर चालककी २६ वर्षीय छोरी प्रमिला घले गम्भीर घाइते भएकी छन्। गम्भीर घाइते घलेको मनमोहन अस्पताल स्वयम्भूमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.