फेरि आकासियो सुन, चाँदी पनि उच्च
काठमाडौं । आज साताको पहिलो दिन आइतबार सुनको भाउ पुनः आकासिएको छ ।
आज छापावाल सुन प्रतितोला ७६ हजार ५ सय तथा तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो साताको अन्तिम दिन शुक्रबार छापावाल सुन प्रतितोला ७६ हजार तथा तेजावी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
आज सुनको भाउसँगै चाँदीका भाउ पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार चाँदी प्रतितोला ८ सय ९० सय रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment