भारतमा विश्व हिन्दू महासभाका अध्यक्ष बच्चनको हत्या
लखनउ । उत्तर प्रदेशको राजधानी लखनउमा पर्ने हजरतगञ्ज क्षेत्रमा विश्व हिन्दू महासभाका अध्यक्ष रञ्जित बच्चनको गोली हानेर हत्या गरिएको छ । मर्निङ वाकका लागि निस्केका अध्यक्ष बच्चनको आइतबार बिहान अज्ञात समूहले गोली हानेर हत्या गरेको हो ।
मोटरसाइकलमा सवार दुईजनाको समूहले चलाएको गोली टाउकोमा लागेका अध्यक्ष बच्चनको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सँगै मर्निङ वाकमा गएका उनका साथी आशीष श्रीवास्तव पनि घाइते भएका छन् । उनको लखनउकै ट्रमा सेन्टरमा उपचार भइरहेको छ । भारतीय सञ्चार माध्यमहरुले प्रहरीलाई उद्धृत गर्दै हत्याराको खोजी भइरहेको जनाएका छन् । यसअघि गत वर्ष हिन्दूवादी नेता कमलेश तिवारीको पनि घरमा आएको समूहले हत्या गरेको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment