योगी पुष्पराज एक महिनादेखि साधनामा

डिसी नेपाल
१९ माघ २०७६ १९:३३

काठमाडौं। नेपाल सनातन धर्म संस्कृति संगठनका प्रमुख योगी पुष्पराज पुरूष एक महिना योग साधनामा बसेका छन्।

उनले आफूले आँफैलाई नजरबन्धमा राखेर साधना गरिरहेका छन्। उनी साधना अवधि भरी नहेर्ने, नसुन्ने र नबोल्ने गरी बसेका हुन्। गत पुस २५ गते शुरू भएको उक्त साधना यहि माघ २६ गते आइतवार साँझ सकिने उक्त आश्रमका साधक गिरीराज पुरूषले बताए।

पुष्पराज पुरूष ललितपुर स्थित लामाटार ढुंगिनमा रहेको संगत आश्रममा पाँचौ पटक लामो साधनामा बसेका हुन्। उनी एक महिना लामो साधनामा अन्न नखाई बसेका छन्। विशेष गरी यो साधनामा उनले जलाहार गरिरहेका छन्।

अभियान्ताहरू मध्ये चिनिने पुष्पराज पुरूष नेपाललाई सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र बनाउन सक्रिय छन्। उनी असंगठित नेपालको धार्मिक क्षेत्रलाई संगठित गर्दै बलियो महाशक्ति बनाउनका लागि विगत लामो समयदेखि लागिरहेका छन्।

धर्मराजनीति मार्फत देशलाई भौतिक र आध्यात्मिक रूपमा समृद्ध बनाउन उनले विभिन्न किसिमका अभियानहरु पनि संचालन गरिरहेका छन्। उनले नेपाल सनातन धर्म संस्कृति संगठनमार्फत ज्योतिष, पंडित, कर्मकाण्डी तथा धार्मिक अभियान्ताहरूलाई संगठित गरिरहेका छन्।

यसरी एक महिना लामो साधनामा बसेका योगी पुष्पराज पुरूष संगत संस्कृतिको प्रतिपादक तथा संगत संस्कृति अभियानको संयोजक समेत छन्। २०६३ सालदेखि सुरू भएको उक्त संस्कृतिले धार्मिक, साम्प्रदायिक, पन्थ तथा सांस्कृतिकरूपमा रहेका विभिन्न किसिमका समस्याहरूलाई वैदिक तथा वैज्ञानिकरूपमा समाधान गर्न विभिन्न किसिमका खोज अनुसन्धान गरिरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.