इटलीको भेनिसमा दोस्रो विश्वयुद्धको बम, ३५०० नागरिकलाई सारेर डिफ्युज गरियो

डिसी नेपाल
२० माघ २०७६ १०:४६

भेनिस। इटलीको भेनिसमा भेटिएको दोस्रो विश्वयुद्धको बमलाई निष्क्रिय पारिएको छ । यसलाई आइतबार हटाइएको हो । बमलाई डिफ्युज गरेर समुद्रमा बगाइएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । बमलाई निष्क्रिय पार्ने क्रममा शहरका ३५०० नागरिकलाई सुरक्षित स्थानमा सारिएको थियो ।

अधिकारीहरुले बम डिफ्युज र हटाउने क्रममा बोट, ट्रेन र बस सेवा रोकेका थिए । मार्कोपोलो विकानस्थलमा उडान पनि ४ घण्टाको लागि स्थगित गरिएको थियो । सीवर लाइनको मर्मतको लागि जमिन खन्दा यो बम भेटिएको हो । यसको तौल २ सय २५ किलो थियो र यसमा करिब १२९ किलो बारुद भरिएको थियो ।

बम हटाउने काममा खटिएको सैनिक टोलीका कमाण्डर गियालुसा मोनेकोका अनुसार बम विष्फोट हुने जोखिम भएकोले सावधानी अपनाउनु जरुरी थियो । बम धेरै पुरानो थियो तर विष्फोट हुन सक्थ्यो । यसलाई जहाजबाट समुद्रमा लैजाने काममा पनि खतरा थियो । आइतबार बिहान २ चरणमा अपरेशन चलाइएको थियो । पहिलो चरणमा आसपासका सबै नागरिकलाई सुरक्षित स्थानमा सारिएको थियो । दोस्रो चरणमा बम डिफ्युज गर्ने र हटाउने काम गरियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.