साउदी अरबले इरानलाई मुस्लिम देशहरुको संगठनको बैठकमा आउन दिएन

डिसी नेपाल
२० माघ २०७६ १६:००

एजेन्सी । साउदी अरबले मुसलमान देशहरुको संगठन ‘अर्गनाइजेसन अफ इस्लामिक को–अपरेशन(ओआईसी)’को बैठकमा इरानलाई सहभागी हुन रोक लगाइदियो । सोमबार साउदी अरबको एक सहर जेद्दामा ओआईसीको वैठक हुँदैछ । समाचार एजेन्सी रोयटर्सका अनुसार साउदी अरबले इरानका प्रतिनिधिमण्डललाई बैठकको लागि भिषा नै दिएन ।

यो बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘मध्य–पूर्वशान्ति सम्झौता प्रस्ताव’मा बहस हुनेछ । इरानको विदेश मन्त्रालयका प्रवक्ता मौसवीका अनुसार इरानले घटनाबारे ओआईसीमा गुनासो दर्ता गराएको छ । त्यस्तै इरानले साउदी अरब र ओआईसीमा रहेको उसको हैसियतलाई गलत प्रयोग गरेको ओबीसील्ले आरोप लगाए ।

तथापि, यस सम्बन्धमा साउदी अरबका अधिकारीबाट कुनै पनि पनि प्रतिक्रिया आएको छैन । आईओसी इस्लमिक देशहरुको संगठन हो र यसमा साउदी अरबको अधिपत्य कायम छ । इरानी अधिकारीले इजरायल र प्यालेष्टाइनबीच विवादलाई सुल्झाउनको लागि ट्रम्पले ल्याइएको योजनालाई पनि निन्दा गरेका छन् । यो योजना ट्रम्पले एक हप्ता अघि सार्वजनिक गरेका थिए ।

प्यालेष्टाइनी नेताहरुले यो योजनालाई पहिले नै अस्वीकार गरिसकेका बताए । उसको भनाइमा ट्रम्पको योजना एकदमै एकतर्फी छ र यसले इजरायलीको पक्ष लिएर प्यालेष्टाइनीलाई समर्थन गर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.