बद्री पङ्गेनीलाई पितृशोक

डिसी नेपाल
२० माघ २०७६ १६:२४

काठमाडौं । लोकगायक बद्री पङ्गेनीलाई पितृशोक परेको छ । उनका पिता बोधराजको ७० वर्षको उमेरमा सोमबार निधन भएको हो ।

काठमाडौँको धापासीबाट उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटामै निधन भएको परिवारले जनाएको छ । उनी दमसम्बन्धी समस्याबाट पीडित थिए।

उनको पाल्पा, रामपुरमा दाहसंस्कार गरिने भएको छ । उहाँका दुई छोरा र एक छोरी छन् । स्व.बोधराजकी श्रीमतीको यसअघि नै निधन भइसकेको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष पङ्गेनीका पिताको निधनप्रति प्रतिष्ठानका अध्यक्ष रमेश बिजीलगायत विभिन्न संघसंस्थाले दुःख व्यक्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.