पेट्रोल र डिजेलको भाउ घट्यो

डिसी नेपाल
२१ माघ २०७६ ६:३०

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ।

निगमले प्रतिलिटर एक रुपैयाँ घटाएको हो। तर, खाना पकाउने ग्याँस (एलपी ग्याँस) को मूल्य भने प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ।

उक्त बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू भएको छ ।

नयाँ मुल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ। यसअघि पेट्रोलको १११ रुपैयाँ, तथा डिजेल र मट्टितेल १०० रुपैयाँ रहेको थियो ।

खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १३२५ रुपैयाँ पुगेको छ।

यसअघि एलपी ग्याँस प्रति सिलिन्डर १३ सय रुपैयाँमा कारोबार भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.