केन्याको विद्यालयमा भागदौड हुँदा कम्तीमा १४ बालबालिकाको ज्यान गयो
बीबीसी। पश्चिमी केन्यामा एउटा विद्यालयमा १४ भागदौड हुँदा कम्तीमा १४ विद्यार्थीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। राजधानी नाइरोबीबाट पश्चिमोत्तर भागमा काकामेगास्थित प्राथमिक विद्यालय सोमवार अपराह्ण उक्त घटना भएको थियो।
छुट्टी भएपछि विद्यार्थीहरू कक्षाकोठाबाट निस्किन लाग्दा भागदौड भएको विवरणहरू आएका छन्। शिक्षामन्त्री जोर्ज मगोहाले स्थानीय सञ्चाजमाध्यमलाई १४ जनाको मृत्यु भएको पुष्टि गरे।
“बच्चा गुमाउनु एकदमै पीडादायी हुन्छ। आफ्ना बच्चा गुमाउने अभिभावकलाई मेरो समवेदना,” उनले सिटिजन टीभीलाई भने। घाइते भएका झन्डै ४० जनालाई अस्पताल लगिएको थियो। तीमध्ये केहीको स्थिति गम्भीर भएको बताएको छ भने केहीलाई अस्पतालबाट घर फिर्ता गरिएको छ।
के कारणले भागदौड भयो भन्ने स्पष्ट भएको छैन। तर स्थानीय प्रहरीका प्रमुखले घटनाबारे छानबिन सुरु गरिएको बताएका छन्। केही विवरणमा विद्यार्थीहरू छुट्टीपछि भर्याङबाट ओर्लिन खोज्दा भिड भएको थियो।
Update: 39 pupils admitted at Kakamega Provincial General Hospital.@EMS_Kenya on standby incase of any required referral.
Kenya Red Cross setting up a psychosocial support services and tracing desk. https://t.co/NFxaDpuisx
— Kenya Red Cross (@KenyaRedCross) February 3, 2020
उक्त भर्याङ भत्किएको बताइएको छ। द डेली नेशन समाचारपत्रका अनुसार भाग्न खोज्दा केही विद्यार्थीहरू विद्यालयको तेस्रो तलाबाट भुइँमा खसेका थिए। सामाजिक सञ्जालमा प्रेषित भिडिओमा घाइते बालबालिकाका आफन्तहरू एउटा अस्पतालबाहिर चिन्तित मुद्रामा भेला भएको देखिन्छ।
आपत्कालीन सेवालाई आफूले सहयोग उपलब्ध गराएको केन्या रेडक्रसले ट्विटरमा उल्लेख गरेको छ। केन्याको शिक्षा मन्त्रालयले शोकाकुल परिवार र आफन्तलाई समवेदना प्रकट गरेको छ। संवाददाताहरूका अनुसार उक्त घटनाले केन्याका विद्यालयमा बालबालिकाको सुरक्षाबारे प्रश्न उठाएको छ।
My heartfelt condolences to parents that have lost loved ones in the unfortunate and regrettable tragedy at Kakamega Primary School. I wish a quick recovery to the injured children and pray that God grant strength to the affected families.
— Raila Odinga (@RailaOdinga) February 3, 2020
केन्याका भूतपूर्व प्रधानमन्त्री राइला ओडिङ्गाले घटनाको कारण पत्ता लगाउन शीघ्र अनुसन्धान गर्न माग गरेका छन्। गत वर्ष सेप्टेम्बरमा नाइरोनजिकै एउटा प्राथमिक विद्यालयमा एउटा कक्षाकोठा भत्किँदा आठ जनाको मृत्यु भएको थियो। त्यसको केही दिनपछि सरकारले सुरक्षाको कारण देखाउँदै उक्त विद्यालय बन्द गरिदियो। सरकारले कमजोर संरचना भएका विद्यालयहरूलाई कारबाही गर्ने उद्घोष गरेको थियो।







डिसी नेपाल








Facebook Comment