१८० यात्रु लिएर उड्न लागेको इण्डिगो एयरको विमानमा बम भएको सूचना आएपछि…
नयाँ दिल्ली। भारतको नयाँ दिल्लीबाट मुम्बइको लागि उड्न लागेको इण्डियो एयरको विमानमा बम भएको सूचना आएपछि हंगामा मच्चियो । आइतबार भएको घटनामा यतो सूचना आएपछि मानक संचालन प्रक्रिया (एसओपी) अनुसार सबै यात्रुलाई विमानबाट उतारियो । सुरक्षा जाँचको लागि सबै लगेजलाई पनि बाहिर निकालियो ।
विमानस्थलका एक अधिकारीका अनुसार इण्डिगोको दिल्लीबाट मुम्बइ गइरहेको विमान संख्या ६इ–८४३ मा बम भएको सूचना इण्डिगो कार्यालयलाई प्राप्त भएको थियो । फोन गर्ने व्यक्तिले विमानमा बम भएको बताएका थिए । विमानमा बम भएको सूचना प्राप्त हुँदा विमानभित्र १८० यात्रु चढिसकेका थिए । जाँचमा सूचना झुटो भएको पत्ता लागेपछि विमान मुम्बइको लागि उडेको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment