६ महिनापछि कश्मिरका पक्षमा बोलिन् जायरा वसिम, मोदी सरकारमाथि कडा प्रहार
डिसी नेपाल
२१ माघ २०७६ १४:१४
काठमाडौं। धर्मको बाटोमा हिँड्न भन्दै कलिलै उमेरमा बलिउड त्यागेकी जायरा वसिम फेरि एकपटक चर्चामा आएकी छिन् । कश्मिरबाट धारा ३७० हटाइएको ६ महिनापछि जायराले कश्मिरको पक्षमा बोलेकी छिन् । उनले इन्स्टाग्राममा पोस्ट गर्दै लेखेकी छिन् ‘कश्मिर लगातार आशा र तनावको बीचमा झुण्डिइरहेको छ । लगातार भेदभावमा परेको यो ठाउँमा झुटो र असहज देखावटी काम गरिएको छ । कश्मिरी लगातार यस्तो संसारमा रहन र समस्याग्रस्त हुन बाध्य भइरहेका छन् जहाँ उनीहरुको स्वतन्त्रतामा प्रतिबन्ध लगाउन निकै सजिलो छ ।’
उनले अगाडि लेखेकी छिन् ‘हामी एक यस्तो संसारमा बस्नु परिरहेको छ जहाँ हाम्रा इच्छाहरु र जीवनलाई नियन्त्रित गरिएको छ र हामीलाई झुक्न सिकाइँदैछ । हाम्रो आवाजलाई दबाउन यति सजिलो किन छ ? हाम्रो अभिव्यक्ति स्वतन्त्रतालाई खोस्न यति सजिलो किन छ ? हामीले कहिल्यै पनि आफ्नो कुरा भन्ने स्वतन्त्रता किन पाएनौं । हाम्रा असहमति र फैसलालाई हाम्रो इच्छाविपरित किन रहन दिइँदैछ ? यस्तो किन भइरहेको छ कि हाम्रो दृष्टिकोषको कारण बुझ्नुको सट्टा हाम्रो दृष्टिकोणलाई क्रुरतापूर्वक तिरस्कृत गरिँदैछ ? सधैं सांरमाआफ्नो अस्तित्वको लागि नलडी हामी एक साधारण जीवन किन बाँच्न सक्दैनौं ?’
उनले अगाडि लेखेकी छिन् ‘यस्ता सयौं प्रश्न छन् जसको जवाफ दिइएको छैन । यी प्रश्नले हामीलाई त्रसित बनाएका छन् र तनावग्रस्त बनाएका छन् । तर हामी आफ्नो कुण्ठा व्यक्त गर्न पनि पाइरहेका छैनौं । जो जिम्मेवार छन् उनीहरु अलिकति पनि कोसिस गर्दैनन् कि हाम्रो शंका हटाउन् वा यसबारेमा सोचुन् । उनीहरु त बस निकै जिद्दी तरिकाले आफ्नो बाटोमा हिँडिरहन्छन् ।’
Facebook Comment