नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०२० आगामी शुक्रबारदेखि

डिसी नेपाल
२१ माघ २०७६ १६:३७

काठमाडौं । आगामी शुक्रबारदेखि काठमाडौंको भृकुटीपण्डपमा ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी–२०२०’ आयोजना हुने भएको छ । फर्टेक्स ट्रेड फेअर एण्ड इभेन्टस प्रा. ली र मिडिया स्पेस सोलुसन्सले मंगलबार पत्रकार सम्मेलन गरी संयुक्तरुपमा प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी गराएका हुन् ।

मिडिया स्पेस सोलुसन्सका प्रवन्ध निर्देशक सृजल भट्टराईले प्रदर्शनीमा निर्माण व्यवसायसँग सम्बन्धित उत्पादन तथा नयाँ प्रविधिहरु राखिने बताए । उनले विभिन्न १५ देशका ३ सय भन्दा बढी ब्राण्डसहितका २ सय स्टल रहने जानकारी समेत दिए ।

प्रदर्शनीले विदेशमा सफलतापुर्वक प्रयोग भएका नयाँ प्रविधिलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन सहयोग पु¥याउने भट्टराईको भनाई थियो ।

प्रदर्शनीबाट घर बनाउन चाहने व्यक्ति, आर्कीटेक्ट, इन्जिनियर, कन्ट्रयाक्टर्स, विल्डर्स तथा इन्टेरियर डिजाइनर लगायतले फाइदा लिन सक्ने छन् । प्रदर्शनी यही माघ २४ देखि २६ गते सम्म चल्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.